नेपाल र हङकङबिचको खेल रद्द
काठमाडौँ, २६ वैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाल रद्द भएको छ । दुवै टिमले एक–एक अङक बाँडे ।
थाइल्यान्डमा शुक्रबारदेखि प्रतियोगिता सुरु भएको हो । तर एक दिनअघि परेको वर्षाले मैदान भिजेपछि टस पनि नहुँदै पहिलो दिनको खेल विथोलियो।
विश्वकप एसिया छनोटमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई सहभागी छन्। नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड तथा समूह ‘बी’ मा मलेसिया, कतार र युएई रहेका छन् ।
समुह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ । समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउने छ । सुपर थ्रीबाट लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुने प्रावधान रहेको छ ।