रूखले च्यापिएर कैलाली घोडाघोडीका पूर्वक्याम्पस प्रमुखको मृत्यु
कैलाली, २ जेठ । कैलालीकाे घोडाघोडीमा हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ ।
राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको रूखले च्यापिएर आज मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको ढलेको रूखले चोट लाग्दा भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।
टाउकोमा गहिरो चोट लागि गम्भीर हुनुभएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा १२ः४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिनुभयो ।