विद्यालय शिक्षा विधेयकको प्रतिवेदन उपसमितिले समितिमा पेस गर्‍यो

काठमाडौँ, ४ जेठ । विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन आज संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति समक्ष पेस गरेको छ।

उपसमितिले विधेयकमाथि गहन छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। समितिको गत चैत ८ गतेको बैठकले उपसमितिलाई ३५ दिनको कार्यादेश दिएको थियो। पछि, वैशाख २२ गते उपसमितिको म्याद १० दिन थपिएको थियो। यसरी कुल ४५ दिनको समयावधिमा उपसमितिले विधेयकका दफाहरूमा विस्तृत छलफल गरी प्रतिवेदन तयार पारेको हो।

नेपाल शिक्षक महासंघसँग असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन ल्याउने सहमति भएको थियो। सोही सहमतिलाई ध्यानमा राख्दै समितिले विधेयकमाथि शीघ्र र विस्तृत छलफल गर्न उपसमिति गठन गरेको थियो। उपसमितिको प्रतिवेदन प्राप्त भएसँगै अब समितिमा यस विधेयकमाथिको थप प्रक्रिया अघि बढ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *