मधेश प्रदेशमा मन्त्रीपरिषद् पुनर्गठन : वन तथा उद्योग मन्त्री फेरिए

 

जनकपुरधाम, ८ जेठ । मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई मन्त्रीलाई हटाएर दुई नयाँ मन्त्री नियुक्त गरेको छ। मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रीमा बसन्त कुमार कुशवाहा र वन तथा वातावरण मन्त्रीमा सञ्जय कुमार यादवलाई नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले यसबारे जानकारी गराएको छ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि उद्योग मन्त्री सकिल मिया अनन्सारी र वन मन्त्री त्रिभुवन साह थिए।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले एक वर्षे कार्यकालको मूल्याङ्कनपछि पार्टी नीतिअनुसार मन्त्री हेरफेर गरिएको बताएका छन् । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *