“लिपोलाइसिसः शल्यक्रिया विना बोसो घटाउने सुरक्षित र वैज्ञानिक प्रविधि”

 

शरीरमा अनावश्यक रूपमा जम्मा भएर बसेको बोसो घटाउने सुरक्षित र वैज्ञानिक प्रविधि मध्ये लिपोलाइसिस प्रविधि अत्याधुनिक र भपर्दो उपाय हो । आधुनिक जीवनशैली, अस्वस्थ खानपान र शारीरिक गतिविधिको अभावका कारण,जंक फुडहरुको प्रयोग आदिले विशेषतः पेट, तिघ्रा, कम्मर र पाखुरा जस्ता अंङ्गमा बोसो जम्ने समस्या अत्यधिक देखिन्छ । यस समस्याको समाधानका रूपमा लिपोलाइसिस प्रविधि प्रभावकारी सावित हुँदै गएको छ ।

लिपोलाइसिस के हो ?
लिपोलाइसिस भनेको अत्याधुनिक मेसिनको प्रयोगबाट शरीरको बोसोलाई बिना शल्यक्रिया, बिना पीडा, जैविक रूपमा स–साना अणुहरूमा टुक्र्याएर बोसो हटाउने प्रक्रिया हो । शरीरको विभिन्न भागमा छालामुनि जम्मा भएको बोसो अत्याधुनिक मेसिनको प्रविधिबाट चिरफार नगरी हटाउने यो विधि वैज्ञानिक रूपमा सुरक्षित मानिन्छ ।

यस प्रक्रियाअन्तर्गत सुरुमा अत्याधुनिक BCA(Body Composition Analyzer) मेसिनले शरिरको उचाई र तौलको अनुपातमा शरिरको मोटोपनको स्थिती (BMI) मात्र देखाउने होईन,शरिरमा बोसोको प्रतिशत,आन्तरिक बोसो, माशंपेशिको वजन,हड्डिको तौल, शरीरमा पानीको प्रतिशत,प्रोटिनको कुल प्रतिशत आदिको मात्रा समेत देखाउने भएको हुनाले त्यसको बिश्लेषण समेत गरि कति पटक(सेसन) उपचार गर्नु पर्ने भन्ने कुराको निर्धारण गरिन्छ ।

उपचारको शुरुमा लुगा फुकाल्न लगाई Infrared Sauna DOM(Detoxification, Oxygenation, Mobilization) मेसिनमा (७० देखि ९० डिग्री सेलसियस तापक्रममा) आधा घण्टा राखिन्छ, जसले शरीरबाट प्रशस्त पसिना निकालेर डिटक्सिफिकेसन भई शरिरमा आनन्ददायी महशुस हुनुको साथै पेट,तिघ्रा कम्मर आदि क्षेत्रमा जमेको बोसो घटाउन उपयोगि हुन्छ । तर शरिरमा पानीको कमी छ भने जलवियोजन पनि हुन सक्छ । ज्यादा तातोपनले छालामा जलन भई रातो पनि हुन सक्छ सावधानी अपनाउनु पर्दछ ।

त्यसपछि 3 Max Ultra Sonic Cavitation मेसिनको प्रयोग गरिन्छ जसले तीन किसिमको प्रविधिले काम गर्दछ,जसमा पहिलोमा अल्ट्रासोनिक तरगंहरुको प्रयोग गरी बोसोको कोषहरू टुक्रयाउछ, यी टुटेका बोसोहरू लसिकातन्त्र (lymphatic system) मार्फत उर्जामा परिणत भएर शरीरबाट बाहिर निस्कन्छन् । दोश्रोमा रेडियो फ्रिक्वेन्सी र ध्वनि कम्पनको संयोजन बाट कोलेजन उत्पादन बढाएर छाला तन्काउने (tightening) काम गर्दछ भने,तेश्रो प्रविधिमा भ्याकुम थेरापी प्रयोग गरि रक्तसञ्चारमा सुधार गर्दछ । जसको लागि उक्त मेसिनकोे प्रयोगले शरिरमा अनावश्यक जम्मा भएर बसेको बोसो शरिरको अगाडि पछाडि वा वरिपरि प्रयोग गरी एका पट्टि ३० मिनेट र अर्को पट्टि ३० मिनेट गरी जम्मा एक घण्टा समय लगाएर द्वारा छाला मुनि जमेर बसेको बोसोलाई मेसिनको सहयोगमा टुक्र्याइन्छ ।

बोसो टुक्र्याइसकेपछि पुनःDOM मेसिनमा आधा घण्टा राखि सकेपछि फेरी क्पष्ल Skin thightening G8 मेसिन बाट बोसो घटेर छाला झोलिएकोलाई मसाज गरि छालालाई कसिलो बनाउँछ ।

दुई तीन दिनको अन्तरालमा फेरी अर्को सेसन गरिन्छ जसमा पहिला जस्तै शुरुमा ३० मिनेट DOM मेसिनको प्रयोग गरि सकेपछि दोश्रो सेसनमा 3 Max Ultra Sonic Cavitation मेसिनको सट्टा ‘बडिसेपर मेसिन’ को प्रयोग गरिन्छ, जसमा ६ देखि १२ वटा इलेक्ट्रोडहरु शरीरको बोसो घटाउन चाहेको स्थानमा राखेर आधा घण्टासम्म विभिन्न फ्रिक्वेन्सिमा भ्राइब्रेटिङ्ग गर्छ जसलाई वेटलस गर्ने भनिन्छ र फेरी अर्को आधा घण्टा बडिसेपर प्रक्रियाकोलागि सोहि मेसिनले विभिन्न वेभको फ्रिक्वेन्सी छाला मुनि प्रवाह गर्दछ । यस प्रकृयाबाट बोसोलाई सानो कणमा टुक्रयाउने रहेछ ।

यो प्रकृया सकेपछि पुन DOM मेसिनमा आधा घण्टाको लागि राखिन्छ । अन्तमा फेरी छाला लाई कसिलो बनाउन Skin thightening G8 मेसिन बाट मसाज गरिन्छ । यो मसाज २० देखि ३० मिनेट गर्ने गरिन्छ । यसरी उपचार अवधि भर जम्मा ६ देखि १० सेसनहरु केहि दिनको अन्तरालमा गरिन्छ । जसमा १० सेसन अवधि भर 3 Max Ultra Sonic Cavitation मेसिन तीन पटक र अरु सेसनहरुमा बडिसेपर मेसिनको प्रयोग गरिन्छ । सबै सेसनहरुको शुरुमा म्इः मेसिनको प्रयोग एक घण्टा र अन्तमा छाला टाईट गर्ने G8 मेसिनले मसाज २० देखि ३० मिनेट गरिन्छ ।

प्रत्येक सेसनमा लिपोलाइसिस प्रक्रियाको लागि कति समय लाग्छ ?
प्रत्येक पटक(सेसन)मा करिब २ देखि २ः३० घण्टा समय लाग्छ । प्रभावकारी नतिजाको लागि १० सेसन, केही दिनको अन्तरालमा गर्नु पर्छ । यस अवधिमा ७ देखि १० किलो तौल घट्न सक्छ । १० सेसन सकिसकेपछि पनि सेसनको अवधिमा खाईरहेको नियन्त्रित आहारलाई निरन्तरता गरि रहेमा शरिरमा पहिला देखि जम्मा भएर बसेको सानो सानो कणमा टुक्रिसकेको तर शरिर बाट घटन वा हटन बाकि रहेको बोसो पुरा हटन ६ महिना समय लाग्न सक्छ । त्यस पछि फेरी लिपोलाइसिस सेसन शुरु गर्नु अधिको सामान्य खानपानमा विस्तारै फर्किदा पनि पहिला जस्तो अत्यधिक बोसो शरिमा जम्मा हुदैन,अनि सधै शरिर स्वस्थ्य र स्लिम हुन्छ ।
यहाँ बुझनु पर्ने र होस गर्नु पर्ने कुरा के छ भने पुरा सेसन सकेर पनि टुक्रि सकेर पनि हटन बाकि रहेको बोसो शरिरमा केहि बाकि नै रहेको हुन्छ ,सेसन सक्यो भनेर फेरी बोसो युक्त खाना,जंक फुडहरु आदि जे पायो तेहि खाना खायो भने फेरी शरिरमा भएको बोसोले बाहिर बाट खाएको बोसो लाई सजिलै संग तानी फेरी शरिरमा बोसो जम्मा हुने सम्भावना अत्यधिक हुन्छ ।

त्यसकारण पुरा सेसन सकि सकेपछि पनि शरिरमा बाकि भएको अनावश्यक बढि भएको बोसो नघटे सम्म पथपरहेजमा बस्नु नितान्त आवश्यक हुन्छ । त्यो अवधि भनेको अधिकतम ६ महिना सम्म हो । त्यति समय सम्म नियन्त्रित आहारमा बस्नु भयो भने त्यति बेला सम्म धेरै मात्रामा टुक्रिसकेको अनावश्यक बासो शरिर बाट घटि सकेको हुन्छ । त्यस पछि पहिला जस्तै सामान्य खानामा विस्तारै फर्कन सकिन्छ । तर त्यस पछि पनि अस्वस्थकर जकं फुड,जनावरजन्य बोसो, धेरै गुलियो खानेकुरा आदि खादा होस पु¥याएर नियन्त्रिण गर्नु भने आवश्यक हुन्छ । मध्यपान पनि विचार गरेर लिनु पर्ने हुन्छ ।

यो सेवा कहाँ उपलब्घ छ त ?
पहिला यसरी अनावश्यक बोसो निकाल्न अपरेसन गरेर बोसो निकाल्नु पर्दथ्यो भने पछि लिपोसक्सन भनेर पेटमा सानो प्वाल पारी दुरविनको सहयोगमा बोसो चुसेर निकाल्ने प्रविधि आयो । अहिले यो लिपोलाईसिस नया प्रविधि नेपालमा पनि आईसकेको छ । नेपालमा पहिलो पटक यो अत्याधुनिक प्रविधि अहिले काठमाण्डौमा नै हेल्थीहोम नेचुरल हेल्थ केयर सेन्टर प्रा.लि.भन्ने संस्थाले जापानीज र कोरियन प्रविधिको अत्याधुनिक मेसिनको प्रयोग गरि दक्ष अनुभवि स्वास्थ्य कर्मीहरु बाट बानेश्वर,जमल र ज्याउलाखेलबाट यस्तो किसिमको सेवा विगत १९ बर्ष देखि उपलब्ध गराउदै आईरहेको छ । त्यहा अनुभवी स्वास्थ्य कर्मीहरुले पारिवारिक वातावरणमा सेवा दिन्छ भने प्रत्येक सेसन सकिना साथ फेरी तपाईको BCA विश्लेषण गरिन्छ, त्यस पछि डायटिसिनबाट स्वस्थ्य बातावरणमा BCA मेसिनले गरेको बिश्लेषणको रिपोर्टको आधारमा तपाईलाई खानपानको उचित परामर्श दिने गरिन्छ । यो संस्थाबाट थुप्रै मानिसहरुले लाभ लिएर स्वस्थ्य जीवनयापन गरिरहेका छन ।

यो सेवा लिंदा मेरो अनुभव
मैले पनि हेल्थीहोम नेचुरल हेल्थ केयर सेन्टर प्रा.लि.संस्थाबाट यो लिपोलाइसिस प्रविधिको सेवा लिएको थिए । त्यहा कार्यरत सबै स्वास्थ्य कर्मीहरु मृदुभाषी सहयोगी र पारिवारिक वातावरणमा सेवा दिएको महसुस भयो । शुरुमा मेरो BCA विश्लेषण पछि मैले १० सेसन लिनु पर्ने देखियो । सेसन शुरु गरिसके पछि मेरो हरेक सेसनमा ४०० ग्राम देखि १३०० ग्रामका दरले तौल घटदै गएर १० सेसनको अन्तमा ७ किलो तौल घटेको पाए । शूरुमा मेरो तौल ७४.३ किलो र शरिरमा २१.५ केजी बोसो जम्मा भएर बसेको थियो । सेसनको अन्तमा मेरो शाररिक तौल घटेर ६७.३ किलो तौल र शरिरमा जम्मा ८.७ केजी मात्र बोसो बाँकि रहेको थियो । नर्मल बोसोको लेभल ७ देखि १२.८ केजी हो । उपचारको शुरुमा मेरो BMI २९.३ थियो भने उपचार सकेपछि BMI २६ रहेको थियो । यो संस्थाले यसको अलावा Hydra Facial नेपाल मै पहिलो पटक एपोलोमेन्ट कम्पनिको अत्याधुनिक लेजर हेयर रिमुभल मेसिनको प्रयोग गरी छाला लाई क्षति नपु¥याई अनुहार सहित शरिरको विभिन्न भागको अनावश्यक रांै स्थायी रुपमा हटाउने सेवा लगायत अन्य सौन्द्रर्य सम्बन्धि सेवाहरु पनि दिँदै आइरहेको छ ।

लिपोलाइसिसले शरीरमा कसरी काम गर्छ ?
जब शरीरलाई कार्बोहाइड्रेटबाट ऊर्जा प्राप्त हुँदैन (उपवास, व्यायाम वा कम कार्बोहाइड्रेटयुक्त खाना खाँदा), शरीरले संचित बोसोबाट ऊर्जा लिन्छ । लिपोलाईसिस प्रविधिबाट सानो सानो अणुमा टुक्रा भई सकेको बोसो सजिलै सँग उर्जाको रुपमा परिणत भएर नष्ट हुन्छ र शरिरको बोसो घट्छ ।

 

यसको लागि हाम्रो शरिरमा भएको एड्रिनालिन, ग्लुकागोन, ग्रोथ हर्मोन जस्तो हर्मोनहरूले हर्मोन–संवेदनशील लाइपेज (HSL) नामको एन्जाइमलाई सक्रिय बनाएर बोसोको कोशिकामा रहेको ट्राइग्लिसराइड (त्चष्नथिअभचष्मभ) लाई ग्लिसरोल र फ्री फ्याटी एसिडमा टुक्र्याउँछ । यसकारण पहिला देखि संचित भएर बसेको बोसो सजिलो संग उजार्मा परिणत हुन्छ । यी अणुहरू रगतमा मिसिएर मांसपेशी, कलेजो आदि अंगहरूमा पुग्छन् र उर्जाको रूपमा प्रयोग हुन्छन् । यसरी शरीरको बोसो क्रमशः घट्दै जान्छ र तौल कम हुन्छ ।

लिपोलाइसिस प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन के गर्ने ?
१. नियमित व्यायाम : दैनिक ३०–६० मिनेटसम्म पैदल हिँड्ने र हल्का कार्डियो ब्यायाम गर्ने बानीले लिपोलाइसिस प्रक्रिया छिटो हुन्छ ।
२. अत्यधिक व्यायाम नगर्ने  : कडा व्यायामले कोर्टिसोल हर्मोन जसलाई stress hormone पनि भन्दछ बढाएर बोसो नजली मांसपेशी लाई उर्जाको रुपमा परिणत गरी मासंपेशि घटछ तर बोसो पग्लिदैन अनि तौल बृद्धि हुन सक्छ ।
३. भोकै बस्दा पनि बोसो जल्छ : उपवास वा कम कार्बोहाइड्रेटयुक्त खानाले शरिरमा जम्मा भएर बसेको बोसोबाट ऊर्जा प्राप्त गर्दछ ।
४. प्रर्याप्त निद्रा : दैनिक ७–८ घण्टा गुणस्तरीय निद्राले ग्रोथ हर्मोन, लेप्टिन र इन्सुलिन सन्तुलनमा राखी बोसो जल्न सहयोग गर्छ ।
५. तनावमुक्त जीवनशैली :  तनावले कोर्टिसोल हर्मोन बढाउँछ जसले बोसो जम्मा गर्छ ।
६. चिसो पानीले नुहाउने :  हल्का चिसो पानीले नुहाउँदा बोसोको दहन हुन्छ ।
७. पर्याप्त पानी पिउने : दैनिक ३ लिटर पानी पिउनाले बोसो जल्ने प्रक्रियामा सहयोग गर्छ ।
८. १६÷८ उपवास तालिका : १६ घण्टा उपवास र ८ घण्टा भोजनको तालिकाले बोसो छिटो जल्छ ।
९. जडिबुटि चिया : दालचिनी, जिरा, ज्वानो, मेथी पानी पकाएर चियाको रुपमा पिउने वा कालो कफीले बोसो जल्न र शरिरको टक्सिन हटाउन सहयोग गर्छ ।
१०. नुन नियन्त्रण : सामान्य सामान्य नुनको सट्टा सिधे नुन (हिमालयन पिंक सोल्ट) प्रयोग गर्नु राम्रो मानिन्छ ।
११. पचाउन सजिलो खाना : गहतको दाल, मुग,मसुर,अण्डाको सेतो, माछा, टोफु, सोयाबिन, च्याउ जस्ता प्रोटिनयुक्त र सजिलै पच्ने खाना बोसो जलाउनको लागि उपयुक्त हुन्छ ।
१२. खानापानको सल्लाह :
बिहान नास्ता(ब्रेकफास्टमा) ः ड्राइफ्रुट्स जस्तै अल्मण्ड,ओखर,तिल,फर्सी आदिकोे बीउ,दाख आदि खानु लाभदायी हुन्छ । ड्राइफ्रुट्समा “फाइटिक एसिड” हुन्छ, जसले आयरन, जिंक, क्याल्सियम जस्ता खनिजहरूको सोसनमा अवरोध गर्छ । रातभरी भिजाउँदा फाइटिक एसिड न्यूट्रलाइज हुन्छ र यसरी

 

भिजाएको पानी फालेर खानु पर्छ जसले गर्दा पोषक तत्वहरू सजिलै पच्न र सोसिन सहयोग गर्छ । ड्राइफ्रुट्सलाई भिजायर खादा ग्यास, कब्जियत, र एसिडिटी हुने सम्भावनालाई घटाउँछन् । मखना,उसिनेको अण्डा,आलस र तिल भुटेर एक चम्चा बिहानको ब्रेकफास्टमा समावेस गर्न सकिन्छ ।
बिहानको खानामा : भातको सट्टा थोरै कोदोको रोटि वा ढिडो वा ओट खाने, गहत वा मसुरो वा मुगको दाल,हरियो सागपातहरु,टोफु,च्याउ,भेडेखुर्सानी वा सोयाविनको तरकारी मिसाएर खाने । तरकारी वा अचारमा वा कोदोमा ५ एम एल आलसको तेल हालेर खाने जसबाट ओमेगा ३ फयाटि एसिड पाउछ यसले छाला स्वस्थ्य राख्न र शरिरमा कोलोस्टेरोलको मात्रा घटाउन मदत गर्दछ, रक्तचाप नियन्त्रण गर्दछ ।
दिउसोको नास्ता : उसिनेको अण्डा, विभिन्न किसिमको रंगीचंगी फलफूल, थोरै दहि लिन सकिन्छ ।
साँझको खाना(डिनरमा) : साँझको खाना हल्का हुनु पर्दछ । जसको लागि मसरुम, सागपात, टोफुको सुप पिउनु राम्रो हुन्छ । हप्ताको तीन दिन एक पिस माछा सुपमा राखेर उमालेर खादा हामीलाई चाहिने प्रोटिनको मात्राको पूर्ति गर्दछ ।
विविध :  सोडा मिसिएको गुलियो पेय पदार्थहरु पिउन हुदैन । मैदा,भात एकदम कम खाने,रातो मासु कम खानु राम्रो, सो को सट्टा बोसो युक्त सार्डिनस, ट्राउट जस्ता माछा खानु राम्रो हुन्छ । तारेको भुटेको खाना सकभर नखाने,प्रत्येक खानामा काक्रो,मुला,गाजर आदिको सलाद मन लागे जति खान सकिन्छ ।
१३. दिनमा धेरै पटक चिया पिउनु भन्दा जडिबुटीको हर्वल चिया पिउदा शरिरलाई फाईदा नै हुन्छ ।

भारी व्यायाम गर्दा लिपोलाइसिसमा के असर पर्छ ?
१.ऊर्जा खपत बढ्छ : अत्यधिक व्यायामले कार्बोहाइड्रेट अभावमा बोसो जल्न थाल्छ ।
२.मांसपेशी क्षय हुनसक्छ :  प्रोटिनको अभावमा शरीरले मांसपेशीको प्रोटिन जलाएर ऊर्जा बनाउँछ, जसले मासंपेशिमा कमजोरी आउन सक्छ ।
३.केटोसिसको सम्भावना : कम कार्बोहाइड्रेट र उच्च व्यायामले शरीरमा केटोन बन्छ, जुन अवस्था दीर्घकालमा मृगौलामा असर पार्न सक्छ । छोटो समयमा धेरै तौल घटाउँदा पनि मृगौलालाई नराम्रो असर पार्दछ ।
४.थकान, चक्कर : अत्यधिक व्यायाम र बोसो जल्दा शरीरमा पानीको कमी, इलेक्ट्रोलाइट असन्तुलनले थकान, कमजोरी आउन सक्छ ।

निष्कर्ष
आजकलको ब्यस्त जीवनशैलीमा लिपोलाइसिस् एउटा वैज्ञानिक, सुरक्षित, विना चिरफार,दुखाई बिना गरिने प्रभावकारी रुपमा शरिरको अनावश्यक स्थानमा जम्मा भएर बसेको बोसो घटाउने उपचारको रूपमा देखा परेको छ । खानपानमा सुधार, जंक फुडको प्रयोग नगर्ने, तारेको भुटेको अत्यधिक बासो युक्त खाना

नाखो,सोडायुक्त गुलियो पेय पदार्थ नपिउने, रातो मासुको कम प्रयोग, मैदा र सो बाट बनेको खाने कुरा नखाने,वोसो युक्त माछा,हरियो सागपात र फलपूmल नियमित खाने,दैनिक उसिनेको अण्डा खान सकिन्छ,तोरीको तेल, आलसको तेल प्रयोग गर्नु स्वास्थ्यको लागि फाईदा जनक छ । नियमित व्यायाम, पर्याप्त निद्रा र तनावमुक्त जीवनशैली सहित लिपोलाइसिस् प्रविधिको सहायताले शरीरलाई स्वस्थ्य र स्लिम राख्न सकिन्छ । हाम्रो अनुशासित प्रयास,जीवन शैलि र प्रविधिको सहायताबाट तौल घटाउनु अब सजिलो र सुरक्षित भएको छ ।

लेखक : बिजय क्रान्ति शाक्य, 
जनस्वास्थ्यविद  (पूर्व वरिष्ठ जनस्वास्थ्य अधिकृत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

Leave a Reply

Your email address will not be published. Required fields are marked *