अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई बजेटबारे ब्रिफिङ
काठमाडौं, १३ जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले भेटघाट गर्नुभएकाे छ ।
मङ्गलवार बिहान राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई अर्थमन्त्री पौडेलले भेट गर्नुभएकाे हाे।
उक्त भेटमा राष्ट्रपति पौडेललाई अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गर्नुभएकाे थियाे ।
अर्थमन्त्री पाैडेलले आगामी आर्थिक वर्षको बजेटबारे राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेकाे राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ ।