मन्त्रिपरिषद्द्वारा आगामी आर्थिक वर्षको बजेट स्वीकृत, अब संसदमा प्रस्तुत गरिने

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि तयार पारिएको बजेटलाई स्वीकृत गरेको छ ।

आज संघीय संसदमा बजेट पेस हुनुअघि बसेको मन्त्रिपरिषद्को बैठकले उक्त बजेटलाई पारित गरेको हो ।

संसदमा बजेट प्रस्तुत गर्नुपूर्व मन्त्रिपरिषद्ले त्यसलाई अनुमोदन गर्नुपर्ने नियमित प्रक्रिया अनुसार नै यो स्वीकृति प्रदान गरिएको हो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले बजेटका विभिन्न पक्षमा छलफल गर्दै त्यसलाई अन्तिम रूप दिएको थियो ।

मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही समयपछि संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुहुनेछ ।