सप्तरीमा डाँकासमूहद्वारा लुटपाट

सप्तरी, २३ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका-८, मल्हनमा गएराति डाँकासमूहको आक्रमणमा परी घरधनी कन्तलाल चौधरीको हत्या भएको छ। राति करिब १ बजे ५/७ जनाको समूहमा आएका डाकाहरूले चौधरीमाथि गोली प्रहार गर्नुका साथै धारिलो हतियारले आक्रमण गरेका थिए। गम्भीर घाइते चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सोही घटनामा कन्तलालका भाइ रमाकान्त चौधरी पनि घाइते भएका छन्। उनको सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

डाकाहरूले चौधरीको घरबाट ५ तोला सुन, २ किलो चाँदी र ६० हजार नगद लुटेर लगेको प्रहरी निरीक्षक विरेन्द्र यादवले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको र डाका समूहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *