अवरोध र नाराबाजीबीच सभामुखले अघि बढाए संसद् बैठक
काठमाडौँ, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को निरन्तरको अवरोधका बीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अगाडि बढाउनुभएको छ ।
सोमबार बसेको बैठकको सुरुमा नै विपक्षी सांसदहरूले नाराबाजीसहित विरोध जनाएका थिए । तर, सभामुख घिमिरेले विरोधकै बीच बैठकको कारबाहीलाई निरन्तरता दिनुभएको हो ।
पटक-पटकको छलफलबाट पनि सहमति जुट्न नसकेपछि सभामुखले आज बैठकको कारबाही अघि बढाउनुभएको हो । यसअघि उहाँले आजै बिहान प्रमुख दलका सचेतकहरू र रास्वपाका नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।