स्कटल्यान्डमा अपेक्षा गरेभन्दा राम्रो नतिजा

काठमाडौँ, असार ८ गते । स्कटल्यान्डमा भ्रमणमा राम्रो नतिजा ल्याउने नेपाली क्रिकेट टिमले आइतबार साँझ स्वदेश फर्कँदा राम्रो स्वागत पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे

स्कटल्यान्ड र नेदरल्यान्डस सामेल सबभन्दा कठिन मानिएको शृङखलामा नेपालले चारमध्ये तीन खेल जितेर विश्वकपको ग्लोबल छनोटमा चयन हुन र एकदिवसीय मान्यता प्राप्त अभियानमा आफूलाई फर्काएको छ । यसबाहेक यी तीन टोली सहभागी टि२० अन्तर्राष्ट्रिय शृङखलामा पनि नेपाल उपविजेता बनेको थियो ।

कप्तान रोहित पौडेलले यस शृङखलामा ब्याटिङमा सुधारिएको प्रदर्शनले रामे नतिजा आएको हो, भने । राम्रो भएको कारण नतिजा पनि राम्रो भएको बताउनुभयो । उहाँले आफ्नो टिमले सोचेभन्दा राम्रो खेलेको बताउनुभयो । ‘शृङखलाअघि नै बेलायत गएर अभ्यास गरेकोले पनि राम्रो नतिजा निकाल्न सहयोग पुग्यो । दस दिनअघि नै बेलायत पुग्दा त्यहाँको वातावरणमा अभ्यस्त हुन पायौँ रोहितले भने ।

नेपालले लिग २ को एकदिवसीय शृंखलामा नेदरल्याण्ड्ससँगको दुवै खेल जितेको थियो भने स्कटल्याण्डसँग एक खेलमा २ रनले पराजित भएको थियो । नेपालले एक खेलमा स्कटल्यान्ड पनि हराएको थियो । यसैगरी टी–२०आई शृंखलामा नेपालले चार मध्ये दुई खेल जित्यो । दुवै टोलीलाई एक–एक पटक हराउँदा एक–एक पटक पराजित पनि भयो ।

नेपाली टोलीले अब टी–२० विश्वकप छनोटको तयारी पनि थाल्नेछ । त्यसका लागि नेपालले भारत, श्रीलंका र अस्ट्रेलियाका विभिन्न ठाउँमा अभ्यास खेलहरू खेल्ने तय भएको छ । नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग आधिकारिक टि२० शृङखला खेल्दैछ । नेपालले संयुक्त अरब इमिरेट्समा वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । कप्तान रोहितले अबका लक्ष्य वेस्ट इन्डिजसँगका अन्तर्राष्ट्रिय टि२० मा राम्रो प्रदर्शन गर्ने पनि रहेको बताए ।

स्कटल्यान्ड जानुअघि नेपाल १२ खेलबाट दुई जित, दुई अनिर्णित र आठ हारसहित मात्र छ अङ्क बनाएर पुछारमा थियो । त्यसैले ग्लोबल छनोटमा चयन हुने अभियानमा नेपालले घरेलु टिम स्कटल्यान्ड र नेदरल्यान्ड्स सामेल त्रिदेशीय शृङ्खलामा पुनरागमन गर्न अत्यावश्यक थियो । नेपाल स्कटल्यान्डमा भएको शृङ्खलापछि सातौँ स्थानमा उक्लेका छ ।