म्यान्चेस्टर सिटी क्लब विश्वकप फुटबलको नकआउटमा
एटलान्टा, असार ९ गते । म्यान्चेस्टर सिटी सोमबार संयुक्त अरब इमिरेट्सको अल आइनलाई ६–० ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।
सिटीका इलके गुन्डोगनले दुई गोल गरे । यसैगरी फरवार्ड इर्लिङ हालान्डले पेनाल्टीमा गोल गरी आफूलाई पनि गोकलर्ताको सूचीमा उभ्याए । सिटीका लागि क्लाउडियो इचेभेरी, ओस्कार बब र रायान चर्कीले पनि गोल गरे । सिटले आफ्नो पहिलो खेलमा मोरोक्कोको वायदलाई २–० ले पराजित गरेको थियो ।
यस नतिजासँगै सिटीसहित इटालीको युभेन्टस पनि समूह जीबाट प्रिक्वाटरफाइनलमा पुगेका छन् ।
तस्बिर साभारः एपी