म्यान्चेस्टर सिटीद्वारा युभेन्टस ५–२ ले पराजित
ओर्लान्डो (अमेरिका), १३ असार । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीले इटालीको हस्ती क्लब युभेन्टसलाई ५–२ को फराकिलो अन्तरले हराएर समूह जीको विजेता बनेर क्लब विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा स्थान बनाएको छ । युभेन्टस हारेर पनि समूह उपविजेताको रुपमा अगाडि बढ्यो । अब युभेन्टसले क्वाटरफाइनलमा स्थान बनाउन रियल म्याड्रिडले पन्छाउनुपर्ने स्थिति बनेको छ ।
खेलको नवौँ मिनेटमा जेरेमी डोकोको गोलबाट सिटीले अग्रता बनाएको थियो । यद्यपि दुई मिनेटछि नै थिटउन कुपमाइनर्सले गोल गरी खेल बराबर गरे । खेलको २६ औँ मिनेमटा युभेन्टसका डिफेनडर पियरी कालुलुले आत्मघाती गोल गरेपछि सिटी पुनः अगाडि भयो । त्यसपछि उत्तरार्धमा इर्लिङ हालान्ड, फिल फोडेन र साभिनोले गोल गरी सिटीलाई फराकिलो जित दिलाए । खेलको ८४ औँ मिनेटमा युभेन्टसका डुसान भ्लाहोभिचले गोल गरी स्कोर ५–२ मा झारेका थिए । एजेन्सी
तस्बिर साभारः एपी