चेल्सी क्लब विश्वकपको क्वाटरफाइनलमा

चार्ललोटे (अमेरिका), १५ असार । प्रिमियर लिग क्लब चेल्सी आइतबार बेनफिकालाई अतिरिक्त समयमा ४–१ ले हराएर क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

निर्धारीत समयको खेल १–१ ले बराबरमिा सकिएको थियो । खेलको ६४ औँ मिनेटमा रिस जेम्सले गरेको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । त्यसपछि खेल सकिन चार मिनेट बाँकी छँदा बिजुली चम्किएर मौसम प्रतिकूल भएपछि खेल दुई घन्टा रोकिएको थियो । निर्धारीत समयको इन्जुरी समयमा मालो गुत्सोको हातमा बल लागेपछि बेनफिकाले पेनाल्टी पायो । एन्जेल डि मारियाले सो पेनाल्टीको सदुपयोग गर्नुभयो र खेल अतिरिक्त समयमा गयो ।

अतिरिक्त समयको १०८ औँ मिनेटमा क्रिस्टोफर एनकुन्कु, पेड्रो नेटो र किनर्न डसबरी हलले गोल गरे । खेलको ९२ औँ मिनेटमा बेनफिकाका गियान्लुका प्रेस्टियानीले रातो कार्ड पाएपछि पनि चेल्सीलाई अतिरिक्त समयको खेल सहज बनेको थियो । सो खेल करीब पाँच घन्टा चलेको थियो । एजेन्सी

तस्बिर साभारः एपी