जुनियर टेनिस खेलाडी शिवालीले युरोपमा चार प्रतियोगिता खेल्ने

काठमाडौँ, १७ असार । नेपाली टेनिस खेलाडी शिवाली गुरुङले ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम आई टिएफ÷एटिएफ अन्र्तगत टेनिस टु युरोपमा खेल्ने भएकी छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टङकलाल घिसिङले मङगलबार शिवालीलाई शुभकामनासहित विदाई गरे ।

शिवालीले १४ बर्ष मुनीको उमेर समुह फ्रान्समा जुलाई १४ देखि २० तारिख सम्म हुने ओपन स्टेट फ्राकाइस र जुलाई २१ देखि २७ तारिख सम्म हुने टेनिस युरोप तथा जर्मनीमा जुलाई २८ देखि ३ अगष्ट सम्म हुने इन्टरनेश्नल डेउटसी र बेल्जियमा अगष्ट ४ देखि १० तारिख सम्म हुने योङ च्याम्पियनसीप कपमा खेल्नेछिन् । प्रशिक्षक प्रदिप खड्काले यस प्रकारको प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको जानकारी दिएका छन् ।

१४ बर्ष मुनीको उमेर समुहमा एसियामा शिवाली चौथौ वरीयतामा रहेकी छन् ।