एकीकृत समाजवादीमा आन्तरिक विवाद उत्कर्षमा: अध्यक्ष नेपालविरुद्ध अभिव्यक्ति दिएपछि झाँक्रीलाई ३ दिने स्पष्टीकरण

काठमाडौँ, १८ असार । नेकपा (एकीकृत समाजवादी) भित्रको आन्तरिक कलह सतहमा आएको छ। पार्टीले आफ्ना सचिव तथा नेतृ रामकुमारी झाँक्रीमाथि अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाउँदै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल मुछिएको पतञ्जली जग्गा प्रकरणलाई लिएर नेतृ झाँक्रीले हालै एक सार्वजनिक कार्यक्रममा आपत्तिजनक टिप्पणी गरेकी थिइन्। उनले अध्यक्ष नेपालप्रति लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न सकिँदैन’ भन्दै ‘अर्ली महाधिवेशन’ मार्फत नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेकी थिइन्।

झाँक्रीको उक्त अभिव्यक्तिका कारण पार्टीभित्र तीव्र असन्तुष्टि बढेपछि अनुशासन आयोगले कारबाही अगाडि बढाएको हो। पार्टीका सचिव सोमप्रसाद पाण्डेले यसको पुष्टि गर्दै भने, “अध्यक्षविरुद्ध दिएको अभिव्यक्तिका सम्बन्धमा पार्टीको अनुशासन आयोगले उहाँलाई तीन दिने स्पष्टीकरण सोधेको छ। उहाँको जवाफ आएपछि पार्टीले थप प्रक्रिया अगाडि बढाउनेछ।”

झाँक्रीको जवाफपछि पार्टीले लिने निर्णयले यो विवाद कुन दिशामा जान्छ भन्ने निर्धारण गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *