धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला, पहिचान हुन बाँकी

धादिङ, २४ असार । धादिङस्थित त्रिशूली नदी किनारमा दुई जनाको शव फेला परेको छ। नदी किनारको लेदो माटोमा आधा गाडिएको अवस्थामा ती शवहरू भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन। दुवै शव पुरुषको भएको अनुमान गरिए पनि पहिचान नभएसम्म यकिन गर्न नसकिने प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेर शवहरू निकालेको छ र घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *