मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर खोटाङमा एक महिलाको मृत्यु

खोटाङ, ३१ असार । खोटाङको बराहापोखरी गाउँपालिकामा मोबाइल फोनको चार्जर छुटाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राई रहेकी छन्।

गएराति घरमै मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने तयारी गर्दागर्दै मृत्यु भएको हो।

घटनाबारे जानकारी दिँदै वडाध्यक्ष सन्तोष आचार्यले घाइते राईलाई अस्पताल लैजान नपाउँदै उनको निधन भएको बताउनुभयो।

जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले घटनाको जानकारी पाउनासाथ अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *