अनलाइन ठगी बढेपछि नेपालमा टेलिग्राममाथि प्रतिबन्ध

काठमाडौं, ३ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले मेसेजिङ एप टेलिग्राममाथि प्रतिबन्ध लगाएको छ।

टेलिग्रामको दुरुपयोग गरी अनलाइन ठगी र मनी लाउण्डरिङजस्ता आपराधिक गतिविधि बढेको भन्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो।

प्राधिकरणले आज एक सूचना जारी गर्दै सम्पूर्ण दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूलाई नेपालभित्र टेलिग्रामको पहुँच तत्काल रोक्न निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार, पछिल्लो समय टेलिग्राममार्फत संगठित रूपमा आर्थिक अपराधका घटना बढेकाले यसलाई नियन्त्रण गर्न प्रतिबन्ध लगाउनु आवश्यक देखिएको हो। यो निर्देशनपछि अब नेपालमा टेलिग्राम एप सञ्चालनमा रहने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *