कोरोनाबाट पोखरामा एक वृद्धाको मृत्यु
कास्की, ५ साउन । पोखरामा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।
कोरोना पोजेटिभ देखिएकी ७४ वर्षीय एक महिलाको पोखरास्थित चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए ।
‘कोरोनाबाट मात्रै हो कि अरूबाट पनि हो बुझ्दै छौँ । कोरोना पोजेटिभ देखिएकी महिलाको हिजो मृत्यु भएको छ,’ उनले भने ।
ती महिलालाई असार २५ गते जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।