चर्चित भलिबल खेलाडी कविता अस्ट्रेलिया प्रस्थान
काठमाडौँ, साउन २१ गते । नेपाली राष्ट्रिय महिला भलिबल टिम तथा एपीएफ क्लबकी खेलाडी कविता भट्ट अस्ट्रेलिया उतै बस्ने योजनाअनुरुप अस्ट्रेलिया गएकी छन् ।
कविताले अस्ट्रेलिया जानुअघि एपीएफबाट राजीनामा दिएकी थिइन् । कविताको राजीनामा स्वीकृत पनि भइसकेको छ । उनी करीब डेढ महिनाअघि अस्ट्रेलियाबाट नेपाल फर्केकी थिइन् ।
चर्चित भलिबल खलाडी कविता पल्सर स्पोट्र्स अवार्ड २०२३ मा ‘पिपुल्स च्वाइस अवार्ड’बाट सम्मानित भएकी थिइन् । उनी काभा महिला नेसन्स लिग २०२४ मा दोस्रो र काभा च्यालेन्ज कप २०२३ मा तेस्रो हुने नेपाली टिमकी सदस्य पनि थिइन् ।
कविताले गत सिजनको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)मा गण्डकी थन्डर्सबाट खेलेकी थिइन् । यस सत्रका लाग कविता काठमाडौं क्वीन्समा अनुबन्धित भएकी छन् । कविताको इडब्लयुभीएल खेल्न नेपाल फर्किने सम्भावना पनि छ ।
