कर्मचारीको तालिम संख्यामा मात्र नभई गुणस्तरमा केन्द्रित गर्न मन्त्री न्यौपानेको निर्देशन

काठमाडौँ, २३ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीलाई दिइने तालिम संख्या बढाउने होडमा मात्र नलागी त्यसलाई गुणस्तरीय र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिषद् बैठकलाई आज सम्बोधन गर्दै उहाँले प्रशिक्षणलाई प्रविधिमैत्री बनाउँदै ‘सेल्फ-लर्निङ’, ‘ई-लर्निङ’ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक पद्धतिहरूलाई जोड्नुपर्ने बताउनुभयो।

मन्त्री न्यौपानेले कर्मचारीलाई सैद्धान्तिक ज्ञानका साथै स्थलगत अध्ययनको अवसर दिएर तालिमलाई व्यावहारिक बनाउनुपर्नेमा पनि जोड दिनुभयो।

उच्चस्तरीय परिषद् बैठकमा प्रतिष्ठानको पञ्चवर्षीय रणनीतिक योजनाको समीक्षा, आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको थियो।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, लोकसेवा आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र मुख्य सचिवलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *