सुनसरी दुर्घटनामा मृत्यु हुनेकाे संख्या चार पुग्याे, २३ घाइतेकाे पहिचान

विराटनगर, २६ साउन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा-नसिंह गाउँपालिकामा आज बिहान बस र माइक्रो ठोक्किँदा भएको दुर्घटनामा मृत्यु हुनेकाे संख्या चार पुगेका छन्।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका अनुसार झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा परी मृत्यु हुनेमा सप्तरीको मधावे गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगरका अशोक यादव रहेका छन्। एक मृतक महिलाको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घाइते हुनेहरूमा
१, उदयपुर चौदण्डिगढी नगरपालिका– ५ का ५० वर्षीया रेनुका श्रेष्ठ ।
२,मोरङ सुन्दरहरैँचा नगरपालिका– ९ का अम्बिका राई ।
३ खोटाङ रावावेसि गापा– २ का ३८ वर्षीय निर्मल परियार ।
४,सप्तरी मन्धेव गापा– ६ बस्ने रबिन्द्र प्रसाद मण्डल ।
५,खोटाङ रावावेसि गापा– २ बस्ने निरुता परियार ।
६, सप्तरीका ६८ वर्षीय जिवछ महात्मा ।
७,भद्रपुर नगरपालिका– ९ का ५३ वर्षीयको सन्तोष खत्री ।
८, उदयपुर बेलस्रोत नपा– १ का २० वर्षीय दिपक बिक ।
९, ईलाम चुलाचुली गापा– ३ का ३६ वर्षीय सविन राई ।
१० सप्तरीका रविन्द्र मेहता ।
११, झापा शिबसताक्षी नगरपालिका– ५ का ३८ वर्षीय खगेन्द्र थापा
१२, खोटाङ हलेसी तुवाचुङ नपा १० का ८४ वषीय नेत्रलाल गिरी ।
१३ नेत्रलाल गिरीको छोरा ३९ वर्षीय केदार गिरी
१४,झापा अर्जुनधारा नपा १ साजनटारका सत्य राई ।
१५, सप्तरी राजविराज– ६ का प्रकाशकुमार रायको छोरा १० वर्षीय रुद्र राय
१६, मोरङ विराटनगर– १० का ४८ वर्षीया सोभा यादव ।
१७, सप्तरी राजविराज– १२ का ४४ वषीृय प्रमोद रजक ।
१८, सप्तरीकै तिलाठी– ५ का २२ वर्षीय रवि राय ।
१९, सप्तरी राजविराज– २ का २४ वर्षीय भोला यादव
२०,सप्तरी राजबिराजका ३५ वर्षीय प्रदिप यादव ।
२१, सुनसरी कोशी गाउँपालिका–– ०६ श्रिपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास
२२, सप्तरी डाक्नेश्वरी– ३ का ३० वर्षीया अमृता राय
२३, सप्तरी राजविराज– ४ का २१ वर्षीय सन्तोष बास्तोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *