नांखा पूजाः भूतप्रेतलाई उत्तरगंगामा बगाउने बागलुङको एक हजार वर्ष पुरानो परम्परा

काठमाडौँ, ४ भदौ । धुवाँले भरिएको वातावरण, धुपीको गन्ध, अनि ढ्याङ्ग्रोको तालसँगै गाउँभर गुञ्जिरहेको मन्त्रोच्चारण । अनुहारमा कालो मोसो दलिएका, कम्मरमा सेतो कपडा बेरेका, अर्धनग्न युवाह? दौडिरहेका छन् । हातमा धुपीको हाँगो समातेका ती युवालाई पछ्याउँदै आइरहेका छन् झाँक्रीहरू ।

यस्तो दृश्य पहिलोपटक देख्दा जसलाई पनि अचम्म लाग्छ । बागलुङ्गबासीका लागि यो नौलो होइन, किनभने उनीह?ले यो परम्परा बर्षौदेखि धान्दै आएका छन् ।

स्थानीयका अनुसार, करिब एक हजार वर्षअघि गाउँमा बसाइँसराइको लहर लाग्यो । हिँड्न नसक्ने बुढाबुढीलाई गाउँमाथिको ओडारमा छोडियो । महिनौँपछि फर्केर हेर्दा उनीहरू जीवित थिएनन् । त्यसपछि गाउँमा अनिष्ट—रोगव्याधी, पशु चौपायाको मृत्यु, अन्नबालीको क्षति हुन थाल्यो ।

बुढापाकाले यी सबै मृत व्यक्तिको आत्माको असन्तोषका कारण भएको विश्वास गरे । त्यसयता, उनीहरूको आत्मालाई शान्त पार्न र अनिष्ट हटाउन गाउँ पूजा गर्न थाले ।

पूजाको दिन झाँक्रीहरू तन्त्र मन्त्र गर्छन् । उनीहरूको मन्त्रले राक्षसको स्वरुप धारण गर्छन् । अनुहारमा मोसो दल्छन् । सरीरमा अक्षर लेख्छन् । उनीहको स्वरुप डरलाग्दो हुन्छ ।

भूतप्रेतका प्रतीक यी झाँक्रीहरु झोलुङ्गे पुलबाट उर्लिरहेको उत्तरगंगा नदीमा हाम फालेपछि समस्या टरेको मान्यता राखिन्छ । पहिले पहिले सीमित व्यक्तिह?का बिचमा मात्र हुने यो जात्रा अहिले मेला जस्तै हुने गरेको छ ।

जनप्रतिनिधिहरुले यसलाई निसीखोलाको पहिचान मान्नुहुन्छ । यसकारण संरक्षणका लागि बजेटको व्यवस्था गरिएको छ ।