खेलकुद मन्त्री र एनओसी तदर्थ समितिबिच छलफल
काठमाडौ, ६ भदौ । नेपाल ओलम्पिक कमिटी तदर्थ समितिको नवनियुक्त संयोजक ध्रुव बहादुर प्रधान नेतृत्वको टोलीले शुक्रबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग भेटवार्ता गरेको छ ।
ओलम्पिक कमिटीको नयाँ नेतृत्वले औपचारिक रुपमा नेतृत्व सम्हालेपछि औपचारिक पत्रकार सम्मेलन गरी आफ्ना भावी कार्ययोजना सार्वजानिक गरेपछि मन्त्रीसँगको यो पहिलो औपचारिक भेटघाट हो ।
तदर्थ समितिका संयोजक लगायत नौ सदस्य टोलीसँगको भेटघाटमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सहसचिव रामचरित्र मेहताको समेत उपस्थिति थियो ।
मन्त्री चौधरीले आगामी दिनमा मन्त्रालय र खेलकुद परिषदसँग समन्वय र सहजीकरण गरेर नेपाल ओलम्पिक कमिटीले आफ्ना गतिबिधि बढाउन तदर्थ समितिलाई निर्देशन दियो ।