सन्तोषजनक काम नगर्ने ११ कम्पनीलाई सरकारी कारबाही, कालोसूचीमा समावेश

काठमाडौँ, ९ भदाै । सरकारले सम्झौताअनुसार सन्तोषजनक काम नगरेका ११ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै ती कम्पनीहरूलाई कारबाही गरिएको जानकारी दिएको हो ।

कालोसूचीमा पर्नेमा निर्माण, आपूर्ति तथा फेब्रिक्ससँग सम्बन्धित कम्पनीहरू रहेका छन् । कार्यालयका अनुसार, काठमाडौँको काश्यप निर्माण सेवा एण्ड सप्लायर्सलाई सबैभन्दा लामो अवधिका लागि अर्थात् दुई वर्ष र डोल्पाको मष्टा भवानी निर्माण सेवालाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।
बाँकी नौ कम्पनीलाई भने एक वर्षको अवधिका लागि कालोसूचीमा राखिएको छ ।

निम्न कम्पनीहरू कालाेसूचीमा परेका छन् ।

विशाल होम निर्माण सेवा, उदयपुर
जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन, काठमाडौँ
सगुन फेब्रिक्स प्राइभेट लिमिटेड, मोरङ
शुभ आरएस बिल्डर्स सप्लायर्स, बाँके
नविन निर्माण सेवा, अछाम
जेएमसी कन्स्ट्रक्सन प्रालि, सुर्खेत
ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स कम्पनी प्रालि, काठमाडौँ
जालपा निर्माण सेवा एण्ड सप्लायर्स, काठमाडौँ
शहीद निर्माण सेवा, अर्घाखाँची

कार्यालयले तोकेको कालोसूचीको अवधिभर यी कम्पनीहरूले कुनै पनि सार्वजनिक निकायको खरिद तथा ठेक्कापट्टा प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *