युथ क्याडेट, वोमेन चेस भदौको दोस्रो साता

काठमाडौ ९ भदौ  । नेपाल  बुद्धिचाल महासंघकोआयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ  युथ क्याडेट महिला  चेस च्याम्पियनसिप हुने भएको छ। पुरुष र महिला दुबै विधाका उमेर   समुहमा हुने प्रतियोगितामा४  यु – १८, १६ , १४, १२, १० र ८ बर्ष मुनिका खेलाडीहरु सहभागी रहनेछन् ।
५ सय खेलाडीहरुको सहभागी हुने प्रतियोगिता काठमाडौको बुद्धनगर स्थित क्वालिटी बैक्युटमा संचालन हुनेछ।  कूल ३ लाख छत्तीस हजार नगद पुरस्कार रहेको प्रतियोगितामा प्रत्येक समुहमा किजेताले जनही १० हजार , उपविजेताले ७ हजार र तेस्रो हुनेले  ४ हजार नगद पुरस्कार हात पार्ने छ।
च्याम्पियनसिपमा १२० जना खेलाडीहरु पुरस्कृत हुनेछ। प्रतियोगिता संचालन गर्न कजाकिस्तान चेस फेडेरशनले नगद पुरस्कारको लागि सहयोग गरेकोछ । मंगलबार नेपाल चेस महासंघ र काजाकिस्तान चेस महासंघ बीचमा यश सम्बन्धमा हस्ताक्षर भएकोछ।
यसैबीच नेपाली चेस खेलाडीहरुलाई प्रशिक्षण दिन काजाकिस्तानका ईन्टरनेशनल मास्टर बख्तियार आसकारोभ मंगलबार नेपाल आइपुगेको छ। पन्ध्र दिनसम्म काठमाडौको दरवारमार्ग स्थित  होटेल उड लाइण्डमा संचालन हुने प्रशिक्षणमा नेेपालका २० जना खेलाहरु लाभान्वित हुनेछन् ।