बङगलादेशसँग खेल्ने नेपाली फुटबल टिम चयन

काठमाडौँ, १३ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बङगलादेशसँग हुने दुई अन्तर्राष्ट्रिय मैत्री फुटबल खेल्ने टिम सार्वजनिक गरेको छ ।

काठमाडौंस्थित दशरथ रंगशालामा सो मैत्री खेल भदौ २१ र २४ गते हुनेछ । प्रशिक्षक म्याट रसले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । सो टोलीमा अमित लामा र आदित्य शाक्य पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।

नेपाल र बङगलादेशले फिफाको अन्तर्राष्ट्रिय म्याच विन्डो अन्तर्गत खेल्न लागेका हुन् । यो खेल नेपालका लागि एएफसी एसियन कप छनोटको तयारीको रुपमा पनि रहेको छ ।

नेपालको टोली ः किरण चेम्जोङ (कप्तान), मणि लामा, मनिष डाँगी, अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, रन्दिप पौडेल, अनन्त तामाङ, अन्जन विष्ट, रोहन कार्की, रोहित चन्द, एरिक विस्ट, समीर तामाङ, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पीजङग कार्की, कुशल देउवा, सिर्जन राज, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ, लाकेन लिम्बु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *