लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन

काठमाडौँ, भदौ १४ । लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट पीडित रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उहाँकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेका अनुसार, आज साँझ ५:०० बजे स्थानीय कब्रिस्तानमा उहाँको परम्परागत रूपमा अन्त्येष्टि गरिनेछ ।

स्वर्गीय सजरुद्दिन मुसलमान नेपाली कांग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँको निधनले नगरपालिकाको राजनीति र समग्र लुम्बिनी क्षेत्रमा शोक छाएको छ ।