कप्तान रोहितको शतकको सहयोगमा नेपालले साउथ अस्ट्रेलियालाई हरायो
काठमाडौँ, १३ भदौ । कप्तान रोहित पौडेलको अविजित शतकको सहयोगमा नेपाली क्रिकेट टिमले शनिबार साउथ अस्ट्रेलियालाई पहिलो एकदिवसीय खेलमा दुई विकेटले पराजित गरेको छ ।
टस जितेर कप्तान रोहित पौडेलले घरेलु टिमलाई पहिले ब्याटिङको निमन्त्रण दिएका थिए । साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट भयो । नेपालले पाँच बल बाँकी छँदा आठ विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो ।
कप्तान रोहित अविजित १०१ रन बनाएपछि नेपालको जित सम्भव भएको हो । नेपालले १६१ रनमा आठ विकेट गुमाइसकेको अवस्थामा सोमपाल कामीसँग मिलेर नवौँ विकेटका लागि अविजित साझेदारी गरी नेपाललाई जत दिलाए । सोमपालले अविजित ४० रनको महत्वपूर्ण पालि खेले ।
यसअघि साउथ अस्ट्रेलियाका लागि ह्यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाएका थिए भने दुवित हूगानबोजमले पन ५३ रनको अर्धशतकीय पालि खेलेका थिए ।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले सर्वाधिक तीन–तीन विकेट लिए । सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंह एक–एक विकेट लन सफल भए ।
यसअघि, नेपाल साउथ अस्ट्रेलियासँग दुई खेलको अभ्यास टि२० शृङ्खलामा २–० ले पराजित भएको थियो ।