विश्वकप छनोटमा जर्मनीलाई स्लोभाकियोले हरायो
लन्डन, २० भदौ । विश्वकप फुटबल छनोटमा बिहिबार राति जर्मनी पराजित भएको छ । स्लोभाकियाले घरेलु मैदानमा जर्मनीलाई २–० ले हराएको हो । यस नतिजासँगै जर्मनीको सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगितामा चयन हुने बाटो केही कठिन बनेको छ ।
जर्मनीको डिफेन्सको गल्तीमा डेभिड हान्चो र डेभिड स्ट्रिलेचले गोल गरी स्लोभाकियालाई जित दिलाएका हुन् । जर्मनीले सन् १९५४ देखि हरेक विश्वकपमा खेलेको छ । समूह एअन्तर्गत नै भएको अर्को खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई ३–१ ले पराजित गर्यो ।