पोखरामा जलेकाे घरमा अर्को युवतीको पनि शव फेला

काठमाडाैं, २५ भदाै । जेनजीकाे प्रदर्शनकारीले पोखराको लेकसाइडमा जलाएको भवनबाट अर्को युवतीको पनि जलेको अवस्थामा शव भेटिएको छ।

लेकसाइडमा रहेको अंशुभरा ग्रुपको भवनबाट जलेको अवस्थामा युवतीको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ। जलेर हड्डी मात्र रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

लेकसाइडमा भेटिएको शव पनि अंशुभरा ग्रुपमा कार्यरत युवतीको हुन सक्ने प्रहरीको आशंका छ।

यसअघि पोखराकै नयाँबजारमा रहेको अटो स्वरुमको आगो निभाउने क्रममा अर्की युवतीको शव भेटिएको थियो। शव भेटिएका यी दुवै युवतीको सनाखत हुन सकेको छैन। यी दुवै व्यवसायिक भवन गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको हो।

प्रदर्शनकारीले मंगलबार यी दुवै भवनमा तोडफोड गरेर आगजनी गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *