एसिया कपमा पाकिस्तान फराकिलो अन्तरले विजयी

दुबई, भदौ २८ गते । पाकिस्तानले शुक्रबार राति ओमानलाई ९३ रनले हराएर एसिया कपमा विजयी सुरुआत गरेको छ । मोहम्मद ह्यारिसले ४३ बलमा सात चौका र तीन छक्कासहित ६६ रन बनाएपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले सात विकेटको क्षतिमा १६० रन बनाएको थियो । ओमान जवाफमा १६.४ ओभरमा ६७ रनमा अलआउट भयो ।

ओमानका लागि हामाद मिर्जाले २३ बलमा सर्वाधिक २७ रन बनाउनुभयो । सइम अयूब र सुयीयान मुकीमका साथै मध्य गतिका बलर फहिम असरफले दुई–दुई विकेट लिए। पाकिस्तानले अब यसै मैदानमा भारतसँग आइतबार खेल्नेछ ।