जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड सुनियोजित : प्रधानमन्त्री कार्की

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।

सिंहदरबारमा पदभार ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

कार्कीले भनिन् ‘यो प्लान वे, षडयन्त्रै भएको हो कि भन्ने लागेको छ’। उनले यसबारे छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने पनि बताइन् ।