सहिदको सम्झनामा एन्फाको दीप प्रज्वलन

काठमाडौँ, १ असोज । जेन जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारसातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

सो कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, कार्यसमिति सदस्यहरू पुरुषोत्तम थापा, विकास नारायण श्रेष्ठ, मनिष जोशी, रमेश व्यञ्जनकारसहित अन्य पदाधिकारी, खेलाडी तथा फुटबलसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

जेनजी सपुतहरुलाई संयुक्त क्लबले सम्झियो

 

यसैगरी काठमाडौँको धिमेलोँस्थित संयुक्त क्लबले पनि जेन जीब आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा बुधबार साँझ दिप प्रज्वलनको आयोजना गरेको छ । संयुक्त क्लबले नेपालमा विकास तथा समुननतिका लागि, भ्रष्टाचार निर्मुल गरी नेपाल जनताको उज्वल भविष्यका लागि सहिद हुनुभका सम्पूर्ण जेन जी सपुतहरुको सम्झनामा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ भन्दै दिप प्रज्वलन सभाको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *