पचली भैरवको याेसिं: उठाइयाे, जात्रालाई निरन्तरता
काठमाडौँ, ९ असोज । पचली भैरवको याेसिं: ठड्याउने जात्रा आजदेखि सुरूभएकाे छ । जात्रा राेकिएकाे ४५ वर्षपछि गतसाल पुनःस्थापना गरिएकाे जात्रालाई यस वर्षपनि निरन्तरता दिइएकाे हाे ।
जात्राका लागि पचली भैरवका गुठियारहरूले साँखुमाथिको जङ्गलबाट याेसिं:का लागि रुख काटेर ल्याएर ठड्याउने परम्परा छ । आश्विन शुक्ल चौथीका दिन दसैँ आउन लागेको जानकारी दिन याेसिं: ठड्याउने परम्परा मल्लकालदेखि सुरु भएको हो ।
विभिन्न कारणले साढे चार दशकअघि रोकिएको यो परम्परालाई पुनःसुरु गर्न रञ्जितकार समुदायका युवा लागेको थियाे ।
आश्विन शुक्ल चौथीका दिन याेसिं: उठाएपछि टेकुबाट सुरु गरी ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म जात्रा हुने परम्परा रहेको छ । यी क्षेत्रमा आश्विन शुक्ल अष्टमीसम्म जात्रा गर्ने प्राचीनकालदेखिको परम्परा छ ।
अष्टमीका दिन दसैँको विशेष रौनक सुरु हुँदा याेसिं: ढालिन्छ । मल्लराजा जयराम मल्लले यो जात्राको सुरुआत गरेको विश्वास गरिन्छ । उहाँलाई थकु जुजु भनी यो जात्राका क्रममा पूजा गर्ने गरिएको छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ ।
