रास्वपालाई ३ महिनाभित्र केन्द्रीय कार्यालय भवन खाली गर्न घरबेटीकाे आग्रह

काठमाडौं, १० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नाे केन्द्रीय कार्यालय रहेको भवन ३ महिनाभित्र खाली गरिदिन घरधनीले आग्रह गरेका छन् ।

घरधनीले भरतमणि देवकोटाले लामो समयसम्मको घरकाे भाडा नपाएको र असुरक्षाको कारणले
बनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय खाली गरिदिन आग्रह गरेका गरेका हुन् ।

अमेरिकामा रहेका देवकोटाले १० महिनाको भाडावापतको रकम नपाएकाे साथै पार्टीलाई सापट दिएको रकम पनि नपाएका कारण घर खाली गरिदिन आग्रह गरेकाे जनाएकाे हाे ।

देवकोटाका अनुसार मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा सहमति बनेको थियो ।

रास्वपा सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।