एरिकालाई नेपाल प्रहरीको सम्मान
काठमाडौँ, २४ असोज । नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ ।
विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालालम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जित्नुभएको थियो । कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी हुनुहुन्छ ।
यसैगरी विश्व कराते महासंघको क्यालेन्डर अनुसार फ्रान्स कराते महासंघको आयोजनामा असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म पेरिसमा हुने डब्लुकेएफ सिनियर विश्व च्याम्पिनसिप छनोट चरणमा सहभागिता जनाउने स्वर्णिम मानन्धर रसविना श्रेष्ठलाई बिदाई गरिएको छ ।
सविनाले महिला ५५ केजीमुनि तथा स्वनिमले पुरुष एकल कातामा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडीलार्ई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धीविक्रम शाहले सम्मान, बधाई, तथा आगामी प्रतियोगिताका लागी शुभकामना दिए ।