भारतद्वारा वेस्ट इन्डिजविरुद्धको टेस्ट शृङ्खला क्लिनस्वीप

अहमदाबाद, २८ असोज । के.एल. राहुलले अविजित ५८ रन बनाएपछि भारतले मङगलबार वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा सात विकेटले हराएको छ । यस नतिजासँगै भारतले दुई टेस्टको शृङ्खला क्लिनस्वीप गरेको छ । भारतले पहिलो टेस्ट एक पालि र ४० रनले जितेको थियो ।

भारतले पाँचौँ तथा अन्तिम दिन एक विकेटको क्षतिमा ६३ रनबाट खेल्न सुरु गरेको थियो । भारतलाई खेल जित्न थप ५८ रन मात्र आवश्यक थियो । राहुलले अर्धशतक प्रहार गरेपछि भारतले ३५.२ ओभरमा तीन विकेटको क्षतिमा १२४ रन बनाएर लक्ष्य हासिल गर्यो । पाँचौँ दिन साइ सुदर्शन (३९ रन) र सुभमन गिल (१३ रन)मा पवेलियन फर्के ।

भारतले पहिलो पालि आठ पाँच विकेटको क्षतिमा ५१८ रन बनाएर घोषित गरेको थियो । वेस्ट इन्डिजले पहिलो पालिमा २४८ रन बनाएपछि फलोअन गर्न बाध्य बनेको थियो ।