ओमानलाई जिते नेपाल टि२० विश्वकपमा
काठमाडौँ, २९ असोज । आइसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार घरेलु टिम ओमानविरुद्ध जित हात पार्न सके नेपाल आगामी टि२० विश्वकपमा चयन हुनेछ । नेपालसँग मात्र होइन ओमानसमक्ष पनि सोही मौका छ । यद्यपि हारपछि पनि दुवैको विश्वकप खेल्ने मौका कायम रहनेछ ।
चालू प्रतियोगितामा यी दुई अपराजित टिम हो । अहिले ओमान र नेपालले समान छ अङकमा छन् । यद्यपि ओमान रन अन्तरले शीर्ष स्थानमा छ । नेपाल समग्रमा तेस्रो र लगातार दोस्रो पल्ट टि२० विश्वकप खेल्ने अभियानमा छ ।
इतिहास हेर्ने हो भने हेडटु हेडमा ओमानभन्दा नेपाल धेरै अगाछि छ । यी दुई टिमबिच अहिलेसम्म भएका आठ खेलमा नेपालले पाँच र ओमानले तन खेल जितेको छ । टि२० विश्वकप छनोटअघिको अभ्यास खेमाल पनि नेपालले अमानलाई पराजित गरेको थियो
ओमान अहिले शानदार लयमा छ । ओमानले प्राय खेल सहजै जित जितेको छ भने नेपाललाई प्रत्येक खेल जित्न सङघर्ष गर्नुपरेको अवस्था छ । यद्यपि चालू प्रतियोगिताका दुई उत्कृष्ट टिमबिचको भिडन्त टक्करको हुनेछ, भन्दा फरक पर्दैन ।