मुग्लिङ-नारायणगढ सडककाे गाइघाटमा सात गाडी ठोक्किए,घाइतेहरूकाे उद्धार

काठमाडौँ १ कात्तिक । मुग्लिङ–नारायणगढ सडक खण्डको गाईघाटमा आज बिहान सातवटा गाडीहरू एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

एक ट्रकले यात्रुवाहक बसलाई ठक्कर दिएपछि अन्य गाडीहरू पनि सोही गाडी र ट्रकमा ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रहरीका अनुसार, मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नं को ट्रक र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ७४२० नं को बस ठक्कर ठोक्किएको हाे ।

त्यसपछि बसको पछाडि ना ७ ख ९६०७ नं को टेलर, टेलरको पछाडी बा प्र ०६ ००१ ग ०४८४ नं को इभी माइक्रो र माइक्रोबसको पछाडि रहेको ग २ ख १६२६ नं को बस, ठोक्किएर थियो । सोही बसको पछाडी रहेको ना ३ च ३२५६ नं को बलेरो र पछाडी रहेकाे ८४७० नं को कार ठक्कर खाएर ठूलो दुर्घटना भएको हो ।

दुर्घटनामा सातवटा सवारीमा रहेका २१ जना घाइते भएकोमा प्रहरीले घाइतेहरू सबैको उद्दार गरि भरतपुर स्थित विभिन्न अस्पताल पठाएकाे जनाएकाे छ ।