टि२० मा अस्ट्रेलियाले भारतलाई हरायो
मेलबर्न, १४ कात्तिक । अस्ट्रेलियाले शुक्रबार भारतलाई दोस्रो टि२० अन्तर्राष्ट्रियमा चार विकेटले हराएको छ । पहिलो खेल वर्षाले रद्द भएको थियो । पाँच खेलको शृङ्खलामा घरेलु टिम अस्ट्रेलियाले १–० ले अग्रता बनाएको छ ।
मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको भारत १८.४ ओभरमा १२५ रनमै अलआउट भएको थियो । अस्ट्रेलियाले १३.२ ओभरमा छ विकेटको क्षतिमा १२६ रन बनायो ।
भारतको पालिमा अभिषेक शर्माको ३७ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए ।
तेज बलर जोस हेजलउडले चार ओभर बलिङ गरेर १३ रनमा शुभमन गिल (५), सुर्यकुमार यादव (१ रन) र तिलक वर्मा (०) लाई आउट गरेपछि भारतको पालि धराशायी भएको हो ।
अस्ट्र्ेलियाको पालिमा प्रारम्भिक ब्याट्सम्यान मिचेल मार्शले सर्वाधिक ४६ रन बनाए ।