नेपाल फेरि अमेरिकासँग हारयो
काठमाडौँ, १५ कात्तिक । आइसिसी विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय शृङखलामा नेपाल शनिबार अमेरिकासँग चार विकेटले पराजित भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएइ)को दुबईस्थित आइसिसी एकेडेमीमा भएको खेलमा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै २७१ रन बनाएको थियो । अमेरिका ४९ ओभरमा छ विकेटको क्षतिमा २७३ रन बनाएर लक्ष्य हासिल गर्यो ।
यस प्रतियोगितामा नेपालको यो तेस्रो हार हो । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा घरेलु टिम युएइसँग पाँच विकेटले पराजित भएको थियो । नेपालले बुधबार पुनः युएइसँग खेल्नेछ । नेपाल १९ खेलमा १२ अङकसहित सातौँ स्थानमा छ । अमेरिका २३ खेलमा ३४ अङक बनाएर शीर्ष स्थानमा रहेको छ ।
नेपालका लागि शनिबार दीपेन्द्रसिंह ऐरीले ६७ बलमा तीन छक्का र दुई चौकासहितसर्वाधिक ७५ रन बनाए । अमेरिकाका लागि हरमित सिंहले तीन, सौरभ नेत्रवाल्कर र नोस्थुश केन्जिगेले दुर्ई÷दुई तथा जसदिप सिंह र शुभम रन्जानेले एक÷एक विकेट लिए ।
अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले १०१ बलमा सर्वाधिक ७५ रन बनाएर अमेरिकाको जितमा महतवपूर्ण योगदान दिए । नेपालकाा लागि सन्दीप लामिछानले दस ओभरमा ५३ रन खर्चेर सबभन्दा बढी तीन, करण केसी, नन्दन यादव र गुल्शनकुमार झाले एक÷एक विकेट लिए ।