काठमाडौँलाई मानवीयतामा आधारित सहर बनाउने प्रयासमा रहेको उपप्रमुख डंगोलको भनाइ
काठमाडौँ, कार्तिक १६ । काठमाडौँ महानगरपालिकालाई मानवीयताको सहर बनाउने प्रयासमा आफूले काम गरिरहेको उपप्रमुख सुनिता डंगोलले बताउनुभएको छ । मानव सेवा आश्रमका प्रतिनिधिहरुसँग सहरका सहयोगापेक्षी मानवहरुको अवस्थाका विषयमा जानकारी लिँदै उहाँले मानवतामा आधारित सहरी आचरणलाई बढाउन आफू सदैव तत्पर रहेको बताउनुभयो ।
सहरमा रहेका सहयोगापेक्षीहरुलाई लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था, आवश्यकता र प्रकृतिजस्ता अवस्थाका आधारमा छुट्याएर उद्धार गर्नु पर्ने बताउँदै डंगोलले, यो कामका लागि सुरक्षा निकायसहित साझेदारहरुसँगको सहकार्यमा गरिने बताउनुभयो ।
उद्धार गरिएका विपन्न, अशक्त, असहाय, सडक सहयोगापेक्षी मानवहरुको मानवोचित व्यवस्थापनका गर्न स्क्रिनिङ् सेन्टरका लागि स्थान तथा संरचनाको विषयमा छलफल भएको छ ।