जिम्मी निसम पोखरा एभेन्जर्समा
काठमाडौँ, २८ कात्तिक । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) का लागि पोखरा एभेन्जसले न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमलाइ टिममा भित्रयाएको छ ।
पोखराले शुक्रबार सामाजिक सञ्जालमामार्फत निसमलाई अनुबन्ध गरेको जानकारी दिएको हो । गत वर्ष निसमले जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सो प्रतियोगितामा उहाँले नौ खेलमा अर्धशतकसहित २४७ रन बनाउनुका साथै सात विकेट लिएका थिए ।