एनपीएलको दोस्रो संस्करणमा २३ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं, १ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले मंसिर २८ गतेसम्म चल्ने एनपीएलको सुरक्षार्थ १९०० प्रहरी परिचालन हुने जनाइएकाे हाे।

सुरक्षाकर्मीमा सशस्त्र प्रहरी २२५ र २ सय प्राइभेट गार्ड पनि खटाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ। पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोखार्जबिच दिउँसो ४ बजेबाट सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *