काठमाडौँ गोर्खाजको टस जितेर पहिला बलिङ गर्ने निर्णय

काठमाडौँ, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भर्खरै सम्पन्न टसमा काठमाडौँका कप्तान करण केसीले पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। यससँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गर्नेछ।

आज दुवै टोली जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रिएका छन्। यसअघिको पहिलो खेलमा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेको थियो। यता, पहिलो संस्करणको उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका लागि यो प्रतियोगिताको पहिलो खेल हो।

काठमाडौँ गोर्खाजको टोलीमा कप्तान करण केसीसँगै भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, रिकार्डो भास्कोनेसेलोस, मिलिन्ड कुमार, मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापा, जेरहार्ड इरस्मस, जोहन सिम्पसन, बेन चाल्र्सवर्थ र सन्नी पटेल रहेका छन्।

सुदूरपश्चिम रोयल्सको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन्। टोलीमा आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह, जोस ब्राउन र ध्रुव प्रासर समावेश छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *