एमाले युथ भोलेन्टियर्स फोर्सको केन्द्रीय कमाण्ड आज घोषणा हुँदै, अध्यक्ष ओलीको उपस्थिति रहने (तस्बिरहरू)
काठमाडौँ, ५ मङ्सिर । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रले घोषणा गर्न लागेको युथ भोलेन्टियर्स फोर्सको तयारी अन्तिम चरणमा पुगेको छ।
आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा यस फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिने कार्यक्रम रहेको छ।
कार्यक्रमको पूर्व तयारीका झलकहरू सार्वजनिक भएका छन्, घोषणाका लागि राष्ट्रिय सभागृहमा भव्य तयारी गरिएको छ। फोर्सको केन्द्रीय कमाण्ड घोषणासँगै एमालेको युवा संगठनमा थप सक्रियता आउने अपेक्षा गरिएको छ।