एमालेद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं, ९ मङ्सिर । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
आज असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै रिट दायर गरिएको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले बताए।
केही दिनअघिको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन कदम संविधान र लोकतन्त्रविपरीत ठहराएको थियो।
उक्त कदम सच्याउन प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरिएको थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने जिम्मा महेश बर्तौला र सुनिता बराललाई दिएका थिए।