काठमाडौँ महानगर प्रमुख बालेन साहलाई पितृशोक, उपप्रमुखबाट पनि दुःख व्यक्त
काठमाडौँ, १५ मङ्सिर । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)लाई पितृ शोक परेको छ । उहाँका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा आज उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले पनि साहको पिताको निधनमा दुःख व्यक्त गर्नुभएको छ । ‘काठमाडौं महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहज्यूका ७७ वर्षिय पिता रामनारायण शाहज्यूको आज मिति २०८२ मंसिर १५ गते भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पिताको आत्माको चिर शान्तिका साथै यस दुस्खद घडिमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनी कामना गर्दछु,’ उहाँले लेख्नु भएको छ ।