फाइटर ढाँट पाँच लाखसहित सम्मानित
काठमाडौँ,१६ मङ्सिर । युवा तथा खेलकुद मन्त्रालयले मङगलबार नेपाली फाइटर रविन्द्र ढाँट र प्रशिक्षक डिविज पिया (लामा) लाई क्रमशः पाँच लाख र दुई लाख रुपियाँ र सम्मान गरेको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार सो सम्मान प्रदान गरिएको हो । सन् २०२५ को अगस्ट २ तारिखमा भारतको ग्रेटर नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए १७) विश्व च्याम्पियन्सीपअन्तर्गत बेन्टमवेटमा रवीन्द्रले टाइटल विजेता चोङ्गरेङ्ग कोरेनलाई हराएर इतिहास बनाएका थिए ।